
एजेन्सी, चैत्र २८ । कोरोना भाइरसको संक्रमण भएर अति सघन कक्षमा उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई जनरल वार्डमा सारिएको छ ।
स्वास्थ्यमा केही सुधार देखिएपछि आईसीयूबाट जनरल वार्डमा सारिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
जोन्सन अझै केही दिन चिकित्सकको निगरानीमा अस्पतालमै रहने प्रधानमन्त्री निवास डाउनिङ स्ट्रीटले जनाएको छ ।
प्रधानमन्त्रीलाई स्थानीय समय अनुसार बिहीबार साँझ आईसीयूबाट जनरल वार्डमा सारिएको प्रधानमन्त्रीका एक प्रवक्ताले जानकारी दिएका छन् ।
कोभिड–१९ को संक्रमण देखिएपछि प्रधानमन्त्री जोन्सोनलाई अस्पताल भर्ना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्