१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रौतहटको चन्द्रपुर–४ मा एमालेका रबि राना विजयी


403
Shares

रौतहट । चन्द्रपुर नगरपालिका वडा नं. ४ को वडा अध्यक्षमा नेकपा एमालेका रबि राना मगर निर्वाचित हुनुभएको छ ।

उहाँले ८२४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँको निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेपाल कार्कीले ७९८ मत पाउनु भएको छ ।

यसैगरी, खुला सदस्यहरुमा एमालेका बिनोद कुमार सिटौलाले ८५२ मत र प्रेमकुमारी तिमलसिनाले ७८२ मत ल्याउनु भई विजयी हुनुभएको छ ।

महिला सदस्यमा पनि एमालेकै साबित्री कुसुवारले ८४२ र दलित महिला सदस्यमा पनि एमालेकै जानुमाया विश्वकर्माले ८५५ मत प्राप्त गरी विजयी हुनु भएको छ ।