१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


आइएमएफले भन्यो विश्वको अर्थतन्त्र सन् १९३० यताकै खराब


0
Shares

एजेन्सी, चैत्र २८ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले कोरोना भाइरसको महामारीका कारण विश्वले गम्भीर आर्थिक संकटको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

आइएमएफकी प्रमुख क्रिस्टालिना जर्जियाभाले विश्वले अहिले सन् १९३० को दशक यताकै सबैभन्दा गम्भीर आर्थिक संकटको सामना गरेको बताएकी हुन् ।

उनले विश्व अर्थतन्त्रको वृद्धिदर यस वर्ष निकै नकारात्मक रहने पनि बताइन् । उनका अनुसार अहिलेको विश्वव्यापी आर्थिक संकट ९० वर्षअघिको ग्रेट डिप्रेशन जस्तै रहेको छ ।

सन् २०२१ मा भने विश्व अर्थतन्त्रमा केही सुधार आउनसक्ने आशा पनि उनले व्यक्त गरेकी छिन् । आइएमएफले यसैबारे आउँदो हप्ता विश्व बैंकका पदाधिकारीसँग छलफल पनि गर्दैछ ।

संयुक्त राष्ट्रसंघले यसै हप्ता सार्वजनिक गरेको अध्ययनमा कोरोना भाइरसको महामारीका कारण विश्वका ८१ प्रतिशत कामकाजीले आफ्नो काम पूर्ण वा आंशिक रुपमा गुमाएको उल्लेख छ ।

विश्वभर गर्नुपरेको लकडाउनका कारण लगभग सबैजसो उद्योगधन्दा बन्द गर्नुपर्दा धेरैको रोजगारी गुमेको हो । १७० भन्दा बढी देशको आर्थिक वृद्धिदर नकारात्मक हुने अनुमान आएएमएफले गरेको छ ।