
अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।
नेपाली कांग्रेसलाई हराउँदै अध्यक्ष पदमा टेकराज न्यौपाने र उपाध्यक्ष पदमा नर्मदा पौडेल विजयी हुनुभएको हो ।
गाउँपालिकामा निर्वार्चित न्यौपानेले ७ हजार ७ सय ४९ मत ल्याई विजयी हुनुभएको हो । उहाँका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अच्युत गौतमले ७ हजार २८ मत ल्याउनुभएको हो ।
यस्तै, उपाध्यक्षमा पौडेलले ७ हजार ६ सय ६१ मत ल्याउनुभएको हो । उहाँका प्रतिद्धन्द्धी कांग्रेसकी लक्ष्मी गौतमले ७ हजार ३८ प्राप्त गर्नुभएको हो ।
२०७४ सालको चुनावमा कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष अच्युत गौतमले ६ सय भन्दा बढी मत लिएर विजय हुनुभएको थियो । उपाध्यक्ष पदकी उम्मेदवार एमालेबाट चुनाव लड्नुभएकी लक्ष्मी गौतम एमालेबाटै निर्वाचित हुनुभएको थियो । अहिले गौतम कांग्रेसबाट चुनाव लड्दा पराजित हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्