६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


म्याग्दीको मंगला गाउँपालिकामा एमाले विजयी


325
Shares

म्याग्दी । मंगला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमालेका उम्मेदवारहरु विजयी हुनु भएका छन् । गाउँपालिकाको अध्यक्षमा भारी मतका साथ सत प्रसाद रोका विजयी हुनुभएको छ ।

रोकाले कुल ३ हजार ९६८ मत प्राप्त गरि दोस्रो पटक अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका विरेन्द्र बुढाथोकीले २ हजार ८०५ र नेकपा माओवादी केन्द्रका टेक बहादुर विकले १ हजार ५२१ मत प्राप्त गर्नु भएको छ ।

उपाध्यक्षमा एमालेकी पेमा अधिकारी ४ हजार २६१ मत प्राप्त गरी विजयी हुनु भएको छ । अधिकारी उपाध्यक्षमा पहिलो पटक विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी शर्मिला थापाले २ हजार ५९५ र नेकपा माओवादी केन्द्रकी सुकमाया रोकाले १ हजार ३ सय ७३ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो ।

गाउँपालिकामा एमालेले पालिका अध्यक्ष, उपाध्यक्ष र १, २ र ५ गरि ३ वडा जितेको छ भने माओवादीले वडा नम्वर ३ र कांग्रेसले वडा नम्वर ४ मा जित हासिल गरेको छ ।

२०७४ सालको निर्वाचनमा जितेको वडा नम्वर ३ यसपटक एमालले गुमाएको छ भने गत चुनावमा सुन्य रहेको कांग्रेसले यसपटक एउटा वडा जितेको छ ।