१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आइतबार दिउँसोदेखि स्थगित मतगणना अझै सुरु भएन


221
Shares

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आइतबार दिउँसो १२ बजेदेखि स्थगित भएको मतगणना अझै सुरु हुन सकेको छैन ।

नेपाली कांग्रेसका उम्मेदवारले अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ मा पुनः मतगणनाको माग गरेपछि मतगणना रोकिएको थियो ।

निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी र राजनीतिक दलका प्रतिनिधिहरुबीचको छलफलमा मतगणना अघि बढाउने विषयमा सहमति नजुटेपछि पुनः मतगणनाका लागि निर्वाचन आयोगमा अनुमति मागिएको र आयोगको निर्णय नआएकोले मतगणना सुरु गर्न नसकिएको निर्वाचन अधिकृत जानुका बरालले जानकारी दिनुभयो ।

निर्वाचन अधिकृतको कार्यालयले अन्नपूर्ण–३ दानामा नेकपा (एमाले) का वडाध्यक्षका उम्मेदवार रमेश पुर्जाले ५३४ मतसहित विजयी घोषणा गरिएको थियो । नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार सुरत केसीले ५०८ मत पाएकोमा केसीले पुनः मत गणना माग गर्नुभएको हो ।

खसेको मतभन्दा गणना भएको मत बढी भएको के.सी.को दाबी छ । एक हजार ५४५ जना मतदाता रहेको सो वडाको ज्ञानप्रकाश मतदान केन्द्रमा एक हजार ७६ मत खसेको थियो ।