
गुल्मी । जिल्लाको चन्द्रकोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज के.सी निर्वाचित हुनु भएको छ । उहाँले ५ हजार ७ सय मत ल्याएर निर्वाचित हुनु भएको हो । उहाँको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का चेतन बस्नेतले ३ हजार ३४७ मत ल्याउनु भएको छ ।
यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका बिष्णुप्रसाद भण्डारीले ५ हजार १६ मत ल्याएर निर्वाचित हुनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँको निकटतम प्रतिस्पर्धी एमालेकै राधिका अर्यालले ३ हजार ८१६ मत ल्याउनु भएको छ ।
चन्द्रकोट गाउँपालिकामा रहेका ८ वटा वडाहरुमध्ये ४ वटा वडामा नेपाली कांग्रेस, २ वटा वडामा एमाले १ वटा वडामा माओवादी केन्द्र र १ वटा वडामा स्वतन्त्र उम्मेदवारले वडाअध्यक्ष पदमा निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्