३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


इलामको माङसेबुङ गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा जनता समाजवादी पार्टी विजयी


234
Shares

इलाम । माङसेबुङ गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका उम्मेद्वार हेमन्त राई र उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी हुनु भएको छ ।

गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३२३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी हुनु भएको हो ।

एमालेका राईले ३ हजार ८१८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका डिकेन्द्र इदिङ्गोले ३ हजार ४९५ मत पाएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए । यसैगरी, मंगोल नेशनल अर्गनाइजेशनका प्रेमकुमार केरुङले १४ मत मात्र पाउनु भएको छ ।

इदिङ्गो निवर्तमान गाउँपालिका अध्यक्ष हुनुहुन्छ । २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा राईलाई नै पराजित गर्दै इदिङ्गो अध्यक्षमा विजयी भएका थिए । ५ वर्षपछि दुवै नेताबीच दोश्रो पटक आमनेसामने भएको हो । यसपटक भने राईले बाजी मार्न सफल हुनुभयो ।

त्यस्तै, एमालेकी उम्मेद्वार सुनिता सुब्बालाई ६८३ मतान्तरले पराजित गर्दै नेम्बाङ उपाध्यक्ष पदमा विजयी हुनु भएको हो । गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका नेम्बाङले ३ हजार ७२९ मत पाउनु हुँदा उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी सुब्बाले ३ हजार ४६ मत पाउनुभयो ।

सुब्बा निवर्तमान उपाध्यक्ष हुनुहुन्छ । २०७४ को स्थानीय तह निर्वाचनमा समेत नेम्बाङ र सुब्बा उपाध्यक्ष पदका प्रतिष्पर्धी थिए । सो निर्वाचनमा एमालेकी सुब्बा विजयी हुनु भएको थियो । यसपटक नेम्बाङले बाजी मार्नु भयो ।