१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


गुल्मीको छत्रकोट गाउँपालिकामा एमाले विजयी


442
Shares

गुल्मी । छत्रकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा (एमाले) ले जितेको छ ।

गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार रामप्रसाद पाण्डे र उपाध्यक्षमा एमालेकी उम्मेदवार सावित्रा ज्ञवाली विजयी हुनु भएको छ ।

अध्यक्षमा पाण्डे ६ हजार ५८६ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिद्वन्दी कांग्रेसका अनन्तराम पौडेलले ५ हजार ९४८ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, गाउँपालिकाको उपाध्यक्षमा एमालेकी सावित्रा ज्ञवालीले ६ हजार ४७२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकटम प्रतिस्पर्धी उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका गुमान सिंह पुन मगर ५ हजार १२ मत पाउनु भएको छ ।

गाउँपालिकामा रहेका ६ वटा वडाहरुमध्ये ३/३ वटा वडामा नेकपा एमाले र नेपाली कांग्रेसले वडाध्यक्षमा जितेका छन् । जसअनुसार वडा नम्बर ३, ४ र ६ मा नेकपा एमाले तथा १, २ र ५ मा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ ।