१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डोल्पाको ठूलीभेरी नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी


260
Shares

काठमाडौं । डोल्पाको ठूली भेरी नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

मेयर पदमा कांग्रेसका सुवर्ण कुमार बुढाले १ हजार २८६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी कर्ण बहादुर रोकायाले ९४५ मत प्राप्त गरेका थिए । यसैगरी उपमेयरमा पनि कांग्रेसकै छिरिङ टोल्मा महत विजयी भएकी छिन । उनी ८४८ मत सहित विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी राप्रपाका बिरमल भण्डारीलाई ६८६ मत प्राप्त भएको थियो ।

२०७४ को स्थानीय तह निर्वाचनमा ठूली भेरीमा नेकपा एमालेले जितेको थियो ।