
डोल्पा । स्थानीय तह निर्वाचन अन्र्तगत डोल्पाको मुड्केचुला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा माओवादीका दत्त बहादुर शाही १ हजार ४०४ मत ल्याएर विजयी भएका हुन् । शाहीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लंक बहादुर रोकायालाई १ हजार ३६७ मत प्राप्त भएको थियो । त्यसैगरी उपाध्यक्षमा पनि माओवादी केन्द्रकै दुदा रोकाया १ हजार ४५८ मत ल्याएर विजयी भएकी छिन । उनकी प्रतिस्पर्धी एमालेकी सबिता कुमारी रोकायालाई १ हजार २ सय ९८ मत प्राप्त भएको थियो ।
हिमालय शाही
प्रतिक्रिया दिनुहोस्