
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर २ को अध्यक्षमा नेकपा एमालेका राजेन्द्रकुमार श्रेष्ठ विजयी हुनुभएको छ ।
निर्वाचन आयोगका अनुसार श्रेष्ठले १ हजार ३७७ मत प्राप्त गर्नुभएको हो । त्यस्तै उहाँको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९६३ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै महिला सदस्य पदमा नेकपा एमालेकी पूर्णलक्ष्मी रजक निर्वाचित हुनुभएको छ । रजकले १ हजार २५५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै वडा नम्बर २ को दलित महिला सदस्यमा नेकपा एमालेबाट ईश्वारी परियार निर्वाचित हुनुभएको छ ।
उहाँले १ हजार ३१७ मत प्राप्त गर्नुभएको काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले बताउनुभयो । त्यस्तै सदस्य पदमा नेकपा एमालेका पदमकाजी महर्जन र विमल गुरुङ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत खतिवडाले बताउनुभयो ।
काठमाडौं महानगरपालिकाको वडा नम्बर एकमा पनि नेकपा एमाले विजयी भएको थियो । काठमाडौं महानगरपालिकामा अहिलेसम्म १ र २ वटा वडाको मात्रै मत गणना सकिएको छ ।
प्रतिक्रिया दिनुहोस्