
कैलाली । कैलालीको चुरे गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्
सत्तारुढ पाँच दलको समर्थन पाएका नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गर्दै एमालेका चक्रबहादुर बोगटी विजयी हुनुभएको हो ।
बोगटीले तीन हजार ३०५ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका लोकबहादुर सारुमगरले तीन हजार २८१ मत प्राप्त गर्नुभएको छ । गाउँपालिकाको उपाध्यक्षमा भने गठबन्धनतर्फबाट नेपाली कांग्रेसकी धना थापा विजयी हुनुभएको छ ।
थापाले तीन हजार ४४९ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी एमालेकी दीपादेवी साउदले तीन हजार १२१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी ६ वटा वडा रहेको यो गाउँपालिकामा वडा नम्बर १ मा नेपाली कांग्रेसले वडाध्यक्ष र अन्य सबै वडामा नेकपा एमालेका वडाध्यक्ष विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्