
अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।
गाउँपालिका अध्यक्षमा कांग्रेसका चन्द्रमान श्रेष्ठले ७ हजार ४ सय ७ मत प्राप्त गरेर विजय हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका दिपक पन्थीले ७ हजार २ सय २४ मत प्राप्त गरेर पराजित हुनुभएको हो ।
यस्तै, उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार मनी पन्थीले ७ हजार ५ सय १९ मत लिएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसकी उम्मेदवार इन्दिरा भुसालले ७ हजार २ सय ३५ मत मत लिएर पराजित हुनुभएको हो ।
२०७४ सालको स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ६ वडा जितेको कांग्रेसलाई अहिले सोहि गाउँपालिकामा ठुलो धक्का लागेको छ । अहिले गाउँपालिका अध्यक्ष सहित ३ वडा मात्र कांग्रेसले जितेको हो भने नेकपा एमालेले गाउँपालिका उपाध्यक्ष सहित ५ वडा जितेको छ ।
गाउँपालिका भित्र ८ वडा रहेका छन । कांग्रेसको अधिवेशनबाट जिल्ला सभापति बनेका केशव श्रेष्ठको वडामा पनि कांग्रेस वडा अध्यक्षमा पराजित भएको हो ।
प्रतिक्रिया दिनुहोस्