
बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
कांग्रेसका छबिलाल थारु बारबर्दिया नगरपालिकाको मेयरमा विजयी हुनुभएको हो ।
थारुले १३००६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, १२४९९ मत प्राप्त गरी उपमेयरमा रत्नकुमारी पाण्डे विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत लोक जंग शाहले जानकारी दिनुभयो ।
थारुका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार पदम प्रसाद ढकालले १० हजार ३५१ मत प्राप्त गर्नुभएको छ । यस्तै, यस अघि नेतृत्व सम्हालेको माओवादी केन्द्रका उम्मेदवार दशरथ थारुको पक्षमा ९ हजार १०९ मत परेको छ । उपमेयरमा एमालेकी नारायणी चौधरीले १० हजार ८५५ मत पाउँदा माओवादी केन्द्रकी शोभा थारुले ९ हजार २९ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्