
डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिकामा अध्यक्ष पुनः दोहोरिनुभएको छ ।
गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहनुभएका निवर्तमान अध्यक्ष उमेश प्रसाद भट्ट पुनः निर्वाचित हुनुभएको हो ।
यस्तै, अमरगढी नगरपालिका वडा नंं ८ मा निवर्तमान वडाध्यक्ष नर बहादुर साँकी नेपाली कांग्रेस वी.पी. बाट निर्वाचित हुनुभएको छ भने अमरगढीमा मेयर पदमा पनि नेपाली कांग्रेस वी.पी. चुनाव चिन्ह २ मतले रुख चिन्हलाई पछ्याउँदै करुवा अग्रता लिएको छ ।
जिल्लाको आलिताल गाउँपालिकामा पनि नेकपा माओवादी केन्द्रले अध्यक्ष उपाध्यक्ष पदमा विजय हाँसिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्