२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गुल्मीको ईस्मा गाउँपालिकामा कांग्रेस विजयी


221
Shares

गुल्मी । गुल्मीको ईस्मा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भगतसिंह खड्का र उपाध्यक्षमा पार्वती कुँवर निर्वाचित भएका छन् ।

अध्यक्षमा खड्काले ५ हजार ५८९ मत ल्याउनुभएको छ भने उपाध्यक्षमा कुँवरले ५ हजार ९०९ मत ल्याएरको निर्वाचन अधिकृत लेखनाथ ज्ञवालीले बताउनुभयो ।

गाउँपालिकामा अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिराबहादुर अर्यालले ५ हजार ४६४ मत ल्याउनुभएको छ । त्यस्तै, उपाध्यक्षमा एमालेकै विमला खत्रीले ५ हजार १२१ मत प्राप्त गर्नुभएको छ ।

गाउँपालिकामा रहेका ६ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र २ वटा वडामा नेकपा एमालेले जितेको छ । जसअनुसार वडा नम्बर १,२, ५, ६ मा नेपाली कांग्रेस र ३ र ४ मा एमालेले वडाअध्यक्ष जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।