
पोखरा । पोखरा महागनरपालिकाको मेयर पदमा धनराज आचार्यकको अग्रता कायमै रहेको छ ।
१३ हजार ६ सय मत गणना हुने समयसम्म गठबन्धबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले ५ हजार ७ सय ४८ मत प्राप्त गर्दा कृष्ण थापाले ५ हजार ७८ मत प्राप्त गर्नुभएको छ । आचार्य ६ सय ७० मतले थापा भन्दा अघि रहनुभएको छ ।
यस्तै, राप्रपाका शंकर खरालले ६ सय ४५ मत प्राप्त गर्दा गणेश पौडेलले ३ सय ११ मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमा पनि गठबन्धनकै अघि रहेको छ । गठबन्धनबाट मेयर पदकी उम्मेदवार रहेकी कोपिला रानाभाटले ५ हजार ४ सय ७४ मत प्राप्त गर्दा मञ्जुदेवीले ५ हजार ५ सय ६४ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा कोपिला ८८ मतले मञ्जुभन्दा अघि रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्