२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


धुर्कोट गाउँपालिकाको अध्यक्षमा माओवादीका पोखरेल विजयी


390
Shares

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका भुपाल पोखरेल र उपाध्यक्षमा नेकपा एमालेकी सीता गिरी विजयी हुनुभएको छ ।

माओवादीका पोखरेलले ६ हजार ८९ मत ल्याउदा उहाँका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्र भण्डारीले ४ हजार २६१ मत ल्याउनुभएको हो ।

उपाध्यक्षमा एमालेकी गिरीले ६ हजार १ मत ल्याउदा उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर सुनारले ३ हजार ४८८ मत ल्याउनुभएको हो ।