२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा कांग्रेसको ‘क्लिनस्वीप’


1.404k
Shares

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा नेपाली कांग्रेसले क्लिनस्वीप गरेको छ ।

गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सबै सदस्य पदहरु विजयी भएका हुन् ।

अध्यक्षमा रामपदारथ साह ४ हजार ६६८ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका विनोद कुमार साहले ३ हजार २७१ मत प्राप्त गर्नुभएको छ ।

अध्यक्षमा पराजित साह गाउँपालिकाको निवर्तमान अध्यक्ष हुनहुन्थ्यो । यस्तै, उपाध्यक्षमा कांग्रेसकी श्यामकला यादवले ४ हजार ६१० मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीकी गीता देवी रायले ३ हजार ३११ हजार प्राप्त गर्नुभयो ।

यस्तै, ब्रह्मपुरी गाउँपालिका वडा नं. १ मा निरञ्जन प्रसाद कलवार, वडा नं. २ मा शङ्कर साह तेली, वडा नं. ३ मा गौतम कुमार यादव, वडा नं. ४ मा श्याम प्रसाद साह, वडा नं. ५ मा नवीन कुमार यादव, वडा नं. ६ मा हिरेन्द्र कुमार यादव र वडा नं. ७ मा रामसागर महतो कोइरी निर्वाचित हुनुभएको छ ।