
काठमाडौं । गुल्मीको रुरु क्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका यदु ज्ञवाली र उपाध्यक्षमा नेकपा एमालेकी मिनादेवी गौतम विजयी भएका छन् ।
अध्यक्षमा विजयी ज्ञवालीले ५ हजार ८१७ मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिमालकुमार श्रेष्ठले ४ हजार ५४० मत प्राप्त गरेर पराजित हुनुभएको हो । साथै उपाध्यक्षमा एमालेकी मिनादेवी गौतम ५ हजार ४५१ मतसहित विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी दुर्गा ज्ञवालीले ४ हजार ६४६ मत प्राप्त गरेर पराजित हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्