
काठमाडौं । बझाङको तलकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित ६ वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा एमालेका कलक बहादुर रोकाया र उपाध्यक्षमा पार्वती कुँवर भण्डारी विजयी हुनुभएको हो । अध्यक्ष रोकायाले २ हजार ७५९ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका नारायण कुमार धामीले २ हजार २२९ मत प्राप्त गरेर पराजित हुनुभएको छ । साथै राप्रपाका ललित प्रसाद जोशीले ३५ मत प्राप्त गर्नुभएको हो ।
त्यस्तै, सोही गाउँपालिकाको उपाध्यक्षमा एमालेकी पार्वती कुँवर भण्डारी २ हजार ६२१ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जयकुमारी ऐडीले २ हजार ३९२ मत प्राप्त गरेर पराजित हुनुभएको हो । साथै स्वतन्त्र उम्मेदवार पार्वती ऐडीले ६८ मत प्राप्त गर्नुभएको छ ।
सात वडा रहेको तल्कोटमा नेकपा एमालेले ६ वडामा विजयी हासिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्