
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता कायमै राख्र्नुभएको छ ।
भरतपुर महानगरपालिकाको वडा नम्बर ४ को मतगणना सकिंदा उहाँले ५ हजार ७१८ मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएको हो । उहाँलाई पछ्याइ रहनुभएका नेकपा एमालेका विजय सुवेदीले ५ हजार ६८९ मत प्राप्त गर्नुभएको छ । साथै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ६८८ मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ९८५ मतसहित अग्रता लिनुभएको छ । राप्रपाकी हिमला गुरुङले पक्षमा ४ हजार ६४५ मत प्राप्त गर्नुभएको छ । ४ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ३ हजार ५०१ मतसहित विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवारले १ हजार ६३३ मत प्राप्त गर्नुभएको छ ।
साथै राप्रपाका उम्मेदवारले ८८० मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्