६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा मेयरमा बस्नेत निर्वाचित


494
Shares

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेत निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेका निम फुन्जो शेर्पालाई २ हजार २९५ मतान्तरले पराजित गरी बस्नेत मेयरमा निर्वाचित हुनुभएको हो । बस्नेतले ७ हजार ७२८ मत प्राप्त गर्नु भएको थियो भने शेर्पाले ५ हजार ४३३ मत प्राप्त गर्नुभयो ।

यस्तै, उप मेयर पदमा कांग्रेसकै मन्जु तामाङ निर्वाचित हुनुभएको छ । उहाँले ६ हजार ९७७ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सुशीला पाख्रिनले ५ हजार ९९० मत प्राप्त गर्नुभयो ।

९ वटा वडा रहेको नगरपालिकामा कांग्रेसले वडा नं. १, २, ३, ४, ५, ८ र,९ तथा एमालेले वडा नं ६ र ७ को वडा अध्यक्ष जितेका छन् ।