
बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाको वडा नं. ८ मा आज (मंगलबार) पुनः मतदान सुरु भएको छ ।
बुढीनन्दा-८ पिस क्रियटर एकेडेमी मतदान केन्द्रमा आइतवार रोकिएको मतदान सुरु भएको हो । उता बुढीगंगा नगरपालिकाका-१० वटा वडाको २० वटा मतदान केन्द्रमा रोकिएको मतगणना कार्यको छानविनका लागि निर्वाचन आयुक्तको टोली त्यहाँ पुगेको छ ।
गत आइतबार मतगणना भइरहदा दलहरुबीच बुथ कब्जा गरेको आरोप प्रत्यारोपका कारण मतगणना रोकिएको हो ।
प्रतिक्रिया दिनुहोस्