
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा एमालेका दलबहादुर भट्टराई र उपाध्यक्षमा दिपा पोखरेल निर्वाचित हुनु भएका छन् ।
अध्यक्षमा भट्टराईले ८ हजार २८३ मत लिएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी संयुक्त गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका पदम क्षेत्रीले ६ हजार ७२६ प्राप्त गर्नुभयो ।
यस्तै, उपाध्यक्षमा एमालेकी पोखरेलले ८ हजार १५५ मत लिएर विजयी हुनुभएको हो । उहाँ निकटतम प्रतिद्वन्द्वी संयुक्त गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सोभाखर खनालले ६ हजार ६५७ मत प्राप्त गर्नुभयो ।
एमालेले गाउँपालिका भित्र रहेका ९ वडा मध्ये ७ वडामा विजयी हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले २ वडामा जितेको छ ।
प्रतिक्रिया दिनुहोस्