
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेका सुरत केसी र उपमेयरमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी ज्योती लामिछाने विजयी हुनु भएको छ ।
मेयरमा विजयी के.सी.ले ७ हजार ६०३ मत र उपमेयरमा विजयी लामिछानेले ७ हजार ४३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनु भएको छ ।
मेयरमा प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार चिरञ्जीवी शर्माले ६ हजार २०४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, उपमेयरकी प्रतिस्पर्धी नेकपा एमालेकी पशुपति शाहीले ५ हजार ५०० मत प्राप्त गर्नुभएको छ ।
मेयर १ हजार ३९९ मत र उपमेयरमा १ हजार ५४३ मत अन्तरमा विजयी हासिल गरेका छन् ।
बेनी नगरपालिकाको वडा नम्वर १ नेकपा एमालेका टेकबहादुर थापा २ वडामा कांग्रेसका याम कार्की, ३ वडामा माओवादी केन्द्रका पदमबहादुर पुन, ४ वडामा माओवादी केन्द्र अणबहादुर खड्का (भगवान), ५ वडामा एमालेका गोविन्द बानियाँ, ६ वडामा एमालेका कृष्णसिङ बानियाँ, ७ वडामा कांग्रेसका रमेश श्रेष्ठ, ८ वडामा एमालेका उत्तम कर्माचार्य, ९ वडामा कांग्रेसका चक्र केसी र १० वडामा एमालेका मसविर रोका वडा अध्यक्षमा निर्वाचित हुनु भएका छन् ।
प्रतिक्रिया दिनुहोस्