
काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म २ सय ६० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
सार्वजनिक परिणाममा नेपाली कांग्रेसले १ सय २० वटा स्थानीय तह जितेको छ भने नेकपा एमाले ७० पालिकामा समेटिएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र ५६ पालिकामा विजयी भएको छ । एकिकृत समाजवादी चार ठाउँमा विजयी हुँदा जनता समाजवादी पार्टीले दुई वटा पालिका जितेको छ । ८ पालिकामा अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् । देशभर मतगणना जारी रहेका ठाउँमा नेपाली कांग्रेसले सबै भन्दा बढी १ सय ९० पालिका प्रमुख र १६३ उपप्रमुखमा अग्रता लिएको छ ।
यसैगरी नेकपा एमालेले १ सय २२ पालिका प्रमुख र १४६ उपप्रमुखमा अग्रता लिएको छ । त्यस्तै माओवादीका उम्मेदवारहरुले ५८ पालिका प्रमुख र ७५ उपप्रमुखमा अग्रता लिएका छन् । त्यस्तै जनता समाजवादी पार्टी नेपाल २७ पालिका प्रमुख र २६ उपप्रमुखमा अग्रता लिएको छ । नेकपा एकिकृत समाजवादी १७ प्रमुख र १४ उपप्रमुखमा अगाडि छ ।
लोकतान्त्रिक समाजवादी पार्टी भने ११ पालिका प्रमुख र ९ उपप्रमुखमा अगाडि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्