
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज (मंगलबार) अफिकी प्रतिद्धन्दी युगाण्डासँग दोस्रो टि–२० खेल खेल्ने भएकाे छ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार दिउँसो १ बजेदेखि खेल सुरु हुनेछ। साेमबार सुरु भएको ५ खेलको टि–२० श्रृंखलामा नेपाल १–० ले पछि परेको थियाे। मंगलबारको खेल जित्दै नेपाल श्रृंखलामा फर्किन चाहन्छ। साेमबारको पहिलो खेलमा नेपाललाई भ्रमणकारी टोली युगाण्डाले १२ रनले हराएको थियो ।
पाँच खेलको श्रृंखला यहि जेठ ७ गतेसम्म चल्ने भएकाे छ।
प्रतिक्रिया दिनुहोस्