
काठमाडौं। संखुवासभाको भोटखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका वाङ छेदर लामा विजयी हुनुभएको छ ।
नेकपा एमालेका वाङ छेदर लामाले १ हजार ८०३ मत प्राप्त गरेर अध्यक्षमा विजयी हुनुभएकाे हाे। उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका चुङदाक भोटेले १ हजार ४१६ मत प्राप्त गरेर पराजित हुनुभएको छ। साथै उपाध्यक्षमा एमालेकै सहना लामा विजयी हुनुभएको छ।
उहाँले १ हजार ७९१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका डुक्पा थिकेपा भोटेले १ हजार ५३६ मत प्राप्त गरेर पराजित हुनुभएको हाे।
प्रतिक्रिया दिनुहोस्