
नवलपरासी । पश्चिम नवलपरासीमा वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार बढी विजयी भएका छन् ।
अहिलेसम्म सार्वजनिक भएको मत परिणाम अनुसार कांग्रेस सबै भन्दा बढी वडामा विजयी भएकाे छ। पश्चिम नवलपरासीमा ७ स्थानीय तहमा ७४ वडा रहेका छन् । आज (मंगलबार) बिहानसम्म ४० वडाको मत परिणाम सार्वजनिक भएकाे छ । सार्वजनिक मत परिणाममा १७ वडामा नेपाली कांग्रेस विजयी भएकाे छ । नेकपा एमालेले ८ वडामा मात्र विजयी हासिल गरेकाे छ ।
राप्रपा र जसपाले ५-५ वडा विजयी हासिल गरेका छन् । माओवादी केन्द्र २ वडामा विजयी भएकाे छ भने स्वतन्त्र, लोसपा र जनता प्रगतिशील पार्टी (जप्रपा)ले १-१ वडामा विजयी हासिल गरेका छन्। शनिबार बिहानदेखि मतगणना भएपनि अहिलेसम्म कुनै पनि पालिकाका प्रमुख र उपप्रमुखको नजिता आएको छैन् ।
सबै पालिकाको बिहिबारसम्म नतिजा आउन सक्ने सहायक मुख्य निर्वाचन अधिकृत रुद्र प्रसाद रेग्मीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्