
बाजुरा– बुढीनन्दा नगरपालिका –८ मा वैशाख ३० गते स्थगित भएको मतदान आज भइरहेको छ ।
अहिले सम्म ६५१ मत खसेको छ । वडाको पीस क्रेटर जोन एकेडेमी मतदानस्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र भित्री घेरामा म्यादी प्रहरीको कडा सुरक्षाकाबीच मतदान संचालन गरिएको छ ।
३० गते मतदान स्थलमा नेकपा एमाले र नेपाली काँग्रेशका कार्यकर्ताबीच विबाद उत्पन्न भई झडप भएपछि पछि मतदान कार्य स्थगित भएको थियो । जेष्ठ ३ गते मंगलबार विहान ७ बजेदेखि सुरु गरिएको पीस क्रेटर जोन एकेडेमीमा रहेको मतदान केन्द्रमा बैशाख ३० मा ८ सय ६४ जना मतदाता रहेपनि १ सय ३६ मत मात्र खसेर बिबाद सुरु भएपछि मतदान स्थगित गरिएको जिल्ला निर्बाचन कार्यालयका प्रमुख नवराव अवस्थीले जानकारी दिनुभयो ।
आज बिहान ७ बजेबाट सुरु भएको मतदा साझ ५ बजेसम्म संचालन हुने र लगत्तै मत गणना स्थलमा मत पेटीका पुगाएर सर्बदलिय बैठक गर्ने र मत गणना सूरु हुने अवस्थीले बताउनुभयो ।
मतदान स्थलका अन्य पालिकाबाट जोडिएका नाकाहरुमा पनि कडा सुरक्षा ब्यबस्था मिलाईएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख एवं डिएपी चतुर्भुज ओझाले जानकारी दिनुभयो । मंगलबार बिहान ७ बजे देखी ५ बजेसम्म मार्तडी कोल्टि सडक खण्डको मार्तडीदेखी पोरखे काध र उत्तरतिर कोल्टि सम्म मात्र यातायात संचालन गर्न दिईएको छ ।
प्रतिक्रिया दिनुहोस्