
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विषयमा समिक्षा गर्नुपर्ने बताउनुभएको छ ।
२९ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा मंगलबार नेकपा(एकीकृत समाजवादी)ले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनको विषयमा समिक्षा गरिने बताउनुभएको हो ।
उहाँले स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पार्टीले प्राप्त गर्नुपर्ने जति नभएको बताउनुभयो । उहाँले पार्टीले अपेक्षा गरे अनुसार मत परिणाम नआएको भन्दै गठबन्धनका घटकहरुले नै आफुहरुसँग सहकार्य गर्न नचाहेको उल्लेख गर्नुभयो ।
उहाँले पार्टीलाई वैचारिक रुपमा दह्रो बनाउनुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले पार्टीलाई बलियो जगमा उभ्याउँदै जनताको माझमा क्रियाशिल गराउन नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्