२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


स्याङ्जामा एमाले ५ र कांग्रेस ३ पालिकामा विजयी


0
Shares

स्याङ्जा । स्याङ्जामा हालसम्म नेकपा एमाले ५ र नेपाली कांग्रेस ३ पालिकामा विजयी भएको छ ।

स्याङ्जामा ११ स्थानीय तह रहेकोमा हरिनास कालिगण्डकी, आधिखोला, विरुवा, फेदीखोला गाउँपालिका गरि पाँच पालिकामा एमाले विजयी भएको छ ।

यस्तै, अर्जुनचौपारी गाउँपालिका भिरकोट नगरपालिका र गल्याङ् नगरपालिकामा नेपाली काङ्ग्रेस विजयी भएको छ । यसैगरी चापाकोट, पुतलीबजारमा कांग्रेसको अग्रता कायमै छ भने वालिङमा एमाले अग्रता रहेको छ ।