२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एमाले अहिले पनि मुलुकको सबैभन्दा ठूलो पार्टी : ईश्वर पोखरेल


3.562k
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमाले अहिलेपनि जनतमको हिसाबले देशको ठूलो पार्टी भएको दाबी गर्नुभएको छ ।

२९ औँ मदन–आश्रित स्मृति दिवसमा मंगलबार बल्खुमा आयोजित कार्यक्रममा उहाँले एमाले अहिले पनि मुलुकको ठूलो दल भएको जिकिर गर्नुभएको हो । वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकलाई प्रतिगामी दिशातिर लैजान खोजेको गठबन्धनबिरुद्ध सम्पूर्ण लोतन्त्र पक्षधरह एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै, एमाले महासचिव शंकर पोखरेलले निर्वाचन बिथोल्न सरकारले गुण्डागर्दी गरेको आरोप लगाउनुभयो । उहाँले सरकारी पक्षले नै एमालेको प्रभाव भएको स्थानमा निर्वाचन बिथोल्न लागिपरेको र मतदाताहरुलाई आफ्नो अधिकार प्रयोग गर्न नदिएको दाबी गर्नुभयो । महासचिव पोखरेलले एमालेले आउने चुनावमा गठबन्धनलाई पराजित गरेर जनमतका हिसावले मात्रै नभइ परिणामले पनि पहिलो पार्टी बन्ने बताउनुभयो ।

महासचिव पोखरेलले सत्ता गठबन्धनले नेकपा एमालेको प्रभाव रहेको स्थानमा निर्वाचन बिथोल्न लागिपरेको र सहजै निर्वाचन स्थगित गर्ने प्रवृति देखाएको दाबी गर्नुभयो । उहाँले चितवनमा प्रहरी प्रशासनको गाडीमा सत्ता पक्षका कार्यकर्ताहरु पुगेर पैसा वितरण गरेको भन्दै सरकारी पक्षले चासो नदिएको आरोप लगाउनुभयो ।

उहाँले स्थानीय निर्वाचन प्रचारप्रसारका क्रममा पार्टीका कार्यकर्ताहरुमाथि भएको आक्रमणमा दुई जनाको मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न पनि सरकारसँग माग गर्नुभयो ।