
काठमाडौं । निर्वाचन पछिको पहिलो कारोबारमा मंगलबार शेयर बजारमा पहिरो गयो ।
बजार परिसूचक नेप्से ८५ अंक बराबरले झरेर २२ सय ६५ मा आएर थामियो ।
कारोबार डेढ अर्ब माथि रह्यो । सबै समूह उच्च अंकले ओरालो लाग्दा जीवन बीमा समूहमा सबैभन्दा उच्च ६ सय अंक बराबरको गिरावट आयो ।
निर्जीबन बीमा समूह पनि ५ सय अंक बराबरले ओरालो लाग्यो । विकास बैंक, लघुवित्त, उत्पादनमूलक, जलविद्युत र अन्य समूहमा पनि सय अंक माथिको गिरावट आयो । बाँकी अरु समूह पनि दोहोरो अंकले ओर्लिए ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २१ कम्पनीको ३६ लाख बराबर कित्ता शेयर १ अर्ब ६४ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ८८ कम्पनीका लगानीकर्ताले गुमाउँदा जम्मा २ कम्पनीकाले कमाएको पनि एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्