१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


बडिमालिका नगरपालिकामा मेयर र उपमेयरमा एमाले विजयी


195
Shares

बाजुरा । बाजुराको बडिमालिका नगरपालिकाको मेयर उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा अम्मर बहादुर खडका र उपमेयरमा नन्दा कुमारी थापा विजयी हुनुभएको हो ।

खडकाले ४ हजार ९ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिश्पर्धि नेपाली कांग्रेसका धनराज पण्डितले ३५ सय ५२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, उपमेयरमा विजयी नन्दा कुमारी थापाले ४ हजार २ सय ३३ मत प्राप्त गर्नुभएको छ । थापाकि प्रतिश्पर्धी राधिका कुमारी सिंहले ३ हजार ३ सय ५१ मत प्राप्त गर्नुभएको छ ।

मेयर उपमेयरमा नेपाली कांग्रेस र एमालेबाट नयाँ अनुहार लडेको थिए । ९ वटा वडा रहेको बडिमालिकामा ७ वटा वडा नेकपा एमाले र २ वटा कांग्रेसले जितेको छ । वडा नम्बर १ मा कांग्रेसका कृष्ण बहादुर कार्की, २ मा एमालेका डम्बर बहादुर महत, ३ मा एमालेका डबल बहादुर रोकाया र ४ मा कांग्रेसका अर्जुन नाथले जितेका छन् ।

त्यस्तै, वडा नम्बर ५ मा एमालेका धरमपाल मिजार, ६ मा कृष्ण बहादुर खड्का, ७ मा धर्मराज पाध्याय, ८ चन्द्र बहादुर थापा र ९ मा एमालेकै सुर्यकिरण विक विजय भएका छन् । २०७४ सालको स्थानिय चुनावमा नगरप्रमुख र उपप्रमुख दुबै कांग्रेसले जितेको थियो ।

२०७४ मा एमालेले ५ वटा जितेको थियो भने कांग्रेसले ४ वटा जित हात पारेको थियो । पहिलो स्थानिय तहको चुनावमा कार्यपालिकामा कांग्रेसको बहुमत भएको थियो भने यो पटक एमालेको कार्यपालिकामा स्पष्ट बहुमत भएको छ । सदरमुकाम मार्तडीको बडिमालिका नगरपालिकालाई एमाले र कांग्रेसले अस्तित्वको लडाइका रुपमा लिएका थिए ।

२०७४ सालमा नगरप्रमुखमा कांग्रेसका उम्मेदवारसँग एमालेका उम्मेदवार ३८ मतले पराजय भएका थिए । यो पटक एमाले नगरप्रमुख सँग काँग्रेसका मेयर ठुलो मतअन्तरले पराजय भएका छन् ।