
सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
अध्यक्षमा कांग्रेसका भक्तध्वज बोहरा र उपाध्यक्षमा गीताकुमारी नेपाल विजयी हुनुभएको हो ।
बोहराले ४२२९ मत र नेपाल ४१५६ मतसहित विजयी हुनुभएको हो ।
अध्यक्षमा एमालेका अध्यक्ष मेघनाथ पौडेलले ३२६७ मत ल्याउनु भएको थियो भने उपाध्यक्षमा सबिता श्रेष्ठले ३८८९ मत ल्याउनुभएको थियो ।
माओवादीका अध्यक्ष बिर्खबहादुर श्रेष्ठले १८६२ मत ल्याएर तेस्रो हुनुभयो । उपाध्यक्ष मिना लामा १२०३ मत ल्याउनुभयो ।
त्रिपुरासुन्दरी गाउँपालिका सिन्धुपाल्चोक वडा न ६ टेकान्पुरमा कांग्रेसको रमेश बोहराको प्यानलले ८७५ मत सहित विजयी भएको छ।
प्रतिक्रिया दिनुहोस्