
काठमाडौं । युगान्डाविरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपाली महिला टाेली एक विकेटले पराजित भएको छ ।
लगातार दोस्रो खेलमा पराजित भएको नेपाल सिरिजमा दुई शुन्यले पछि परेको छ । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो ।
राम्रो सुरुवात गर्न नसकेको नेपालले १४ रन हुँदा पहिलो विकेट गमायो । ओपनर इन्दु बर्मा मात्र पाँच रनमा आउट भइन् ।
जवाफमा युगान्डाले १९ ओभर पाँच बलमा नौं विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । युगान्डाले पनि राम्रो सुरुवात भने गर्न सकेको थिएन । उसले मात्र चार रन हुँदा पहिलो विकेट गुमाएको थियो ।
ओपनर केभिड विनो मात्र चार रनमा आउट भएकि थिइन् । युगान्डाले ८१ रन बनाउँदा पाँच विकेट झरेको थियो । अन्तिम ओभरमा खेल रोमाञ्चक बनेको थियो ।
अन्तिम समयमा खराब फिल्डिङका कारण नेपाल खेल हार्न पुगेको हो । यसअघि हिजो भएको पहिलो खेलमा पनि नेपाल १२ रनले पराजित भएको थियो ।
पाँच खेलको श्रृंखला जेठ ७ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्