१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मध्यम आय भएका देशमा निजी क्षेत्रका लगानी ४९ प्रतिशतले बढ्यो : विश्व बैंक


117
Shares

काठमाडौं । यस वर्ष न्यून तथा मध्यम आय भएका मुलुकमा निजी क्षेत्रको लगानी बढेको छ ।

विश्व बैंकको पछिल्लो अध्ययन अनुसार २०२० को तुलनामा २०२१ मा यी मुलुकहरूमा निजी क्षेत्रको लगानी प्रतिवद्धता ४९ प्रतिशतले बढेर ७६ अर्ब अमेरिकी डलर पुगेको छ ।

निजी क्षेत्रको लगानी वृद्धिलाई २०२१ बाट कोभिडको पछिको पुनरुत्थान सुरु भएको संकेतका रूपमा हेरिएको विश्व बैंकका पूर्वाधार वित्त सम्बन्धी अन्तर्राष्ट्रिय निर्देशक इमद फ्याकहौरेले उल्लेख गर्नुभएको छ ।

यद्यपि विश्व अर्थतन्त्रका पछिल्ला चुनौतीहरूको सामनाका लागि निजी क्षेत्रकालाई उत्साहित गराइराख्न भने सामूहिक सहकार्यको आवश्यकता भने रहिरहनेमा पनि विश्व बैंकले जोड दिएको छ ।