
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनको लाभ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले लिएको बताउनुभएको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष भट्टराईले स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले सेटिङ गरेकाले उनीहरूले लाभ लिएको बताउनुयभो ।
‘गठबन्धनमा कांग्रेस र माओवादीलाई सेटिङ गरेकाले केही लाभ लिए,’ उहाँले भन्नुभयो, ‘तर, उनीहरूले पनि सोचेजस्तो लाभ लिन सकेनन् ।’
अध्यक्ष भट्टराईले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न नहुने पक्षमा आफू अझै दृढ रहेको बताउनुभयो ।
स्थानीय स्तरको विषयमा स्थानीय तहमा बसेका नेता तथा कार्यकर्तालाई धेरै विषय थाहा हुने भएकाले केन्द्रबाट हस्तक्षेप नगरेको अवस्थामा अझ राम्रो परिणमा आउनसक्ने उहाँके आँकलन छ ।
उहाँले स्थानीय तह निर्वाचनमा धाँधली भएको पनि स्वीकार्नुभयो । नेपालको लोकतन्त्र हुर्कँदै गरेको भन्दै उहाँले बच्चाले फोहोर गरेको जस्तो अलिअलि फोहोर भएको बताउनुभयो ।
यद्यपि, लोकतन्त्र र निर्वाचनलाई नै खराब भन्न नमिल्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्