
काठमाडौं । काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाहले ११ हजार ७ सय ७७ मत ल्याएर अग्रस्थानमा कायम रहनुभएको छ ।
मंगलबार साँझ प्राप्त मतपरिणमअनुसार बालेन्द्रले ११ हजार ७ सय ७७ मत ल्याउनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ६ हजार ३ सय २३ मत ल्याउनुभएको । उहाँहरू ५ हजार ४ सय ५४ मतको फरक छ ।
यस्तै तेस्रो स्थानमा रहनुभएकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५ हजार ५ सय ४८ मत प्राप्त गर्नुभएको छ ।
अहिले ३, ४, ५, ६, ३०, ३१ र २१ वडाको मतगण्ना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्