
काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणनामा अब १३ टोली परिचालित हुने भएका छन् ।
हाल ८ वटा टोलीले गणना गर्दै आएकोमा अब ५ टोली थपेर १३ टोलीले गणना गर्ने भएको हो ।
मतगणनाको गति सुस्त भएको गुनासो बढिरहेको समयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनामा टोली थप्ने निर्णय गरेको हो ।
हालसम्म २० हजारभन्दा बढी मत गणना भएको छ ।
प्रतिक्रिया दिनुहोस्