२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


भुमिकास्थान नगरपालिकाको मेयरमा जनमोर्चा र उपमेयरमा माओवादी केन्द्र विजयी


338
Shares

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको मेयरमा राष्ट्रिय जनमोर्चा र उपमेयरमा माओवादी केन्द्र विजयी भएका छन् ।

संयुक्त गठबन्धनको तर्फबाट राष्ट्रिय जनमेर्चाका झविलाल थापाले ८ हजार ३ सय २४ मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रेशम थापाले ७ हजार ५ सय २४ मत प्राप्त गरेर पराजित हुनुभएको हो ।

यस्तै, उपप्रमुखमा संयुक्त गठबन्धनको तर्फबाट माओवादी केन्द्रका बालकृष्ण बन्जाडेले ७ हजार ५ सय ५८ मतका साथ विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी एमालेका बसन्ता पौडेलले ६ हजार ८ सय ६४ मत प्राप्त गरेर पराजित हुनुभएको हो ।

नगरपालिका भित्र रहेका १० वडा मध्ये नेकपा एमाले ४, नेपाली कांग्रेसले ३ ,राष्ट्रिय जनमोर्चा ३ ले वडा जितेका हुन् ।

नगरपालिकामा एमाले बाट पराजित रेशम थापा २०७४ सालको चुनावमा माओवादी केन्द्रको तर्फ बाट मेयर पदमा निर्वाचित हुनुभएको थियो,भने थापा अहिले एमाले बाट चुनावमा लड्नुभएको थियो ।