२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धनकुटाका तीन नगरमध्ये दुईमा कांग्रेस र एकमा एमाले निर्वाचित


234
Shares

काठमाडौं । तीन नगरपालिका रहेको धनकुटामा गठबन्धनबाट उम्मेदवार बनेका २ जना र एमालेका १ उम्मेदवार नगरप्रमुखमा निर्वाचित भएका छन् ।

धनकुटाको धनकुटा नगरपालिकामा नेकपा एमालेका उम्मेदवार चिन्तन तामाङ्ग विजयी हुनुभएको छ । तामाङ्गले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका दिनेश राईलाई १४ मत अन्तरले पराजित गर्नुभएको हो ।

तामाङ्गले ७ हजार ६ सय ६६ मत प्राप्त गर्दा राईले ७ हजार ६ सय ५२ मत प्राप्त गर्नुभएको हो ।

त्यस्तै महालक्ष्मी नगपालिकामा गठबन्धन तर्फबाट उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका धुव्रराज रायाले ५ हजार ७ सय ५२ मत प्राप्त गरी बिजयी हुनुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दिपक बुढाथोकीले ४ हजार ५ सय ७२ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, पाख्रिवास नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गुरुङ्गले ५ हजार ४ सय ९८ मत प्राप्त गरी विजयी हुँदा एमालेका उम्मेदवार उम्मेदवार भीम राईले ५ हजार ५३ मत प्राप्त गर्नुभयो ।