
काभ्रे । १३ वटा पालिका र १३५ वडा रहेको काभ्रे जिल्लामा हालसम्म एउटा पालिका तह र ७१ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
प्राप्त परिणाम अनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ भने नेकपा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छ ।
माओवादी केन्द्रले भुम्लु गाउँपालिका अध्यक्ष र कांग्रेसले भुम्लु गाउँपालिका उपाध्यक्ष पदमा जित हासिल गरेको छ । यस्तै, कांग्रेले ३१, नेकपा एमालेले २४, माओवादी केन्द्रले १२, एकीकृत समाजवादीले २, राप्रपा १ र स्वतन्त्र उम्मेदवार एउटा वडामा विजयी भएका छन् ।
अहिले जिल्लाका ११ स्थानीय तहमा मतगणना चलिरहेको छ । पाँचखाल नगरपालिकामा भने गत शुक्रबार मतदानको क्रममा झडप भएपछि आज पुनः मतदान भएको थियो । पाँचखालमा पनि मतगणनाको तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्