१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सार्वजनिक सवारीको भाडा ५.१ प्रतिशतसम्म वृद्धि


611
Shares

corona bus service resume

काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ ।

बुधबारदेखि लागू हुनेगरी सरकारले न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतम ५.१ प्रतिशतसम्मले भाडा वृद्धि गरेको हो ।

यातायात व्यवस्था विभागका अनुसार साविकको भाडादरमा अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुवाहक तर्फ ३.५ प्रतिशतले वृद्धि गरेको हो ।

यस्तै, पहाडी बाटोमा गुड्ने माल बाहकमा ४.६ प्रतिशत र तराईको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशतले वृद्धि गरिएको हो ।

भाडा वृद्धिको सूचना गर्दै विभागले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सार्वजनिक सवारी साधनको पनि भाडा समायोजन गरिएको जनाएको छ ।

नेपाल आयत निगमले चुनावको भोलिपल्टै डिजेल÷पेट्रोल र मट्टितेलमा समान प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो ।