१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025

बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्र विजयी


1.014k
Shares

बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।

९ हजार ८ सय ७ मत प्राप्त गरी माओवादी केन्द्रका दिपेश थारु विजयी हुनुभएको हो । त्यस्तै, उपप्रमुखमा माओवादीकै मनकला कुमारी चौधरीले १० हजार ८६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका दिपक जंग शाहले ९ हजार ७ सय ६० मत प्राप्त गर्नुभयो भने उपप्रमुखमा यसोदा थारुले १० हजार ४५ मत प्राप्त गर्नुभयो ।

निर्वाचित उपमेयर चौधरी यस अघिपनि उपमेयर हुनुभएको थियो ।