१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


संखुवासभामा मतगणना सम्पन्न, कांग्रेस ६ पालिकामा विजयी हुँदा एमालेकाे पकडमा ४ पालिका


1.261k
Shares

संखुवासभा । जिल्लामा १० वटै स्थानीय तहको निर्वाचन मतगणना सम्पन्न भएको छ ।

सम्पन्न मतगणनामा नेपाली कांग्रेसले ६ पालिका प्रमुखसहित ३ उपप्रमुखमा जित निकालेको छ भने नेकपा एमाले ४ पालिका प्रमुख र ४ उपप्रमुखमा विजयी भएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले २ पालिका उपप्रमुख र नेकपा (माओवादी केन्द्र)ले एक उपप्रमुखमा जितेको छ ।

सम्पन्न स्थानीय तहको निर्वाचनमा संखुवासभा जिल्लाको खादवारी नगरपालिकामा कांग्रेसका महेश थपलियाले ७ हजार ६ सय ३४ मत ल्याउँदा उहाँका प्रतिद्धन्द्वी एमालेका जितबहादुर घिमिरेले ५ हजार ५ सय ८९ मत ल्याउनुभयो ।

त्यस्तै उममेयरमा एमालेकी महेश्वरा श्रेष्ठले ६ हजार ३ सय ८५ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी माओवादीका दिव्य बरालले ५ हजार १ सय ४७ मत ल्याउनुभयो ।

पाँचखपन नगरपालिका प्रमुखमा कांग्रेसका विपीन राईले ४ हजार ७ सय ८८ मत ल्याउँदै विजयी हुँदा एमालेका हिन्दुुकुमार राईले ३ हजार ४ सय ३७ मत ल्याउनुभयो ।

उपप्रमुखमा एकीकृत समाजवादीकी सुमुना श्रेष्ठ ३ हजार ८ सय ३४ मत ल्याएर विजयी हुँदा एमालेकी अनिता न्यौपानेले ३ हजार ४ सय ८७ मत मात्र पाउनुभयो ।

चैनपुर नगरपालिका प्रमुखमा एमालेका कृष्णकुमार तामाङले ६ हजार ७ सय ५७ मत ल्याएर जित्दा कांग्रेसका ज्ञानबहादुर कार्कीले ६ हजार ४ सय ४० मत ल्याउनुभयो ।

उपप्रमुखमा एमालेकी एलिना श्रेष्ठले ६ हजार ३ सय ५ मत ल्याउँदा माओवादीका लाखबहादुर तामाङले ५ हजार ४ सय ३० मत मात्र पाउनुभयो ।

धर्मदेवी नगरपालिकाको प्रमुखमा एमालेका उदयचन्द्र पौडेलले ४ हजार २ सय ८२ मत ल्याउँदै विजयी हुँदा कांग्रेसका थलकुमार लिङ्खाले ४ हजार १ सय ९३ मत ल्याउनुभयो ।

उपप्रमुखमा तारा महतले ४ हजार २ सय २३ मत ल्याउँदा प्रतिद्वन्द्वी एमालेकी लक्ष्मी गिरीले ४ हजार ५ मत ल्याउनुभयो ।

मादी नगरपालिका प्रमुखमा एमालेका जीवन लिङथेपले ४ हजार ३ सय ३१ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादीका दावा शेर्पाले २ हजार ६ सय ७६ मत ल्याउनुभयो ।

उपप्रमुखमा एमालेकी सुनितादेवी भट्राईले ४ हजार १ सय १० मत ल्याउँदा कांग्रेसका पासाङ शेर्पाले ३ हजार २ सय २८ मत मात्र पाउनुभयो ।

मकालु गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वाङदी शेर्पाले ३ हजार १७ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका भरत कटुवालले २ हजार ४ सय ७८ मत ल्याउनुभयो ।

उपाध्यक्षमा माओवादी केन्द्रका मनकला राईले २ हजार ७ सय ३९ मत ल्याउँदा एमालेकी चमेली याम्फुले २ हजार ३३ मत ल्याउनुभयो ।

चिचिला गाउँपालिकाको अध्यक्षमा कांग्रेसका पाशाङ नुर्वु शेर्पाले १ हजार ८ सय ६१ मत ल्याएर विजयी हुँदा निकतम प्रतिस्पर्धी माओवादीका रिपुप्रसाद राईले ९ सय ९ मत ल्याउनुभयो ।

उपाध्यक्षमा काग्रेसकी मनकला राईले १ हजार ८ सय ५४ मत ल्याएर विजयी हुँदा एमालेकी विष्णुकुमारी राईले ९ सय ३४ मत मात्र ल्याउनुभयो ।

सभापोखरी गाउँपालिकाको अध्यक्षमा काग्रेसका भिमबहादुर लिम्बुले ३ हजार ७ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी एमालेका रत्न सुब्बाले २ हजार ३ सय ५ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एकिकृत समाजवादीकी लम्मी चापागाईंले २ हजार ४ सय ३९ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेकी सविता बरालले २ हजार ३ सय ७६ मत प्राप्त गर्नुभयो ।

त्यस्तै सिलिचोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका भुपालराज मेवाहाङले २ हजार ३ सय ३ मत ल्याएर विजयी हुनुभयो । निकटतम प्रतिस्पर्धी माओवादीका योगेन्द्र कुलङले २ हजार ९ मत ल्याउनुभयो ।

उपाध्यक्षमा काग्रेसकी देविता राई कुलङ विजयी हुँदा माओवादीकी देवीकुमारी मेवाहाङले पछ्याउनुभयो । राईले २ हजार ७५ मत ल्याउँदा मेवाहाङले १ हजार ७ सय ७० मत प्राप्त गर्नुभयो ।

भोटखोला गाउँपालिकामा एमालेका बाङ छेदर लामाले १ हजार ८ सय ३ मत ल्याई विजयी हुँदा प्रतिस्पर्धी एकीकृत समाजवादीका चुङदाक भोटेले १ हजार ४ सय १६ मत ल्याउनुभयो ।

उपाध्यक्षमा एमालेकी शाहना लामाले १ हजार ७ सय ९१ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी डुक्पाथिकेपा भोटेले १ हजार ५ सय ३२ मत प्राप्त गर्नुभयो ।