
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) १५ हजार बढी मतका साथ अग्र स्थानमा हुनुहुन्छ ।
आज (बुधबार) बिहानको ताजा मत परिणाम अनुसार शाहले १५ हजार ४ सय ३ मत प्राप्त गर्नुभएको हो । त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार ८० मत प्राप्त गर्नुभएको छ।
नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ९ सय १२ प्राप्त गर्नुभएको हाे।
प्रतिक्रिया दिनुहोस्